‘बोक्सीको घर’ले दुई दिनमा २ करोड १५ लाख कमाए

काठमाडौं / अब नेपाली फिल्ममा स्क्रिप्ट हिरो बन्दैछ भन्ने प्रमाणित फिल्म ‘बोक्सीको घर’ले गरेको छ । यसमा स्टारडम भएका कलाकार छैनन् । तर, फिल्मले सिक्वेल वा मल्टीस्टारर फिल्मको भन्दा ठूलो ओपनिङ गर्‍यो । शुक्रबार फिल्मले ७० प्रतिशतसम्म अकुपेन्सी कायम गरेको थियो । शनिबार विदा हुँदा अकुपेन्सी दर थप उच्च रह्यो । फिल्मले दुई दिनमै बक्स अफिसमा आकर्षक अंक जोडेको छ ।

विज्ञापन

वितरक कम्पनी टि-फल्कले फिल्मको दुई दिनको व्यापार २ करोड १५ लाख रहेको जनाएको छ । शनिबार २५० बढी शोजमा डेढ सय शोज पूर्ण हाउसफुल र बाँकीमा ८० प्रतिशतसम्म अकुपेन्सी रहेको वितरक कम्पनीको दाबी छ । विशेषगरी फिल्मको व्यापार काठमाडौंमा आक्रामक रह्यो । मोफसलका बुटवल, चितवन, धरान जस्ता ठूला सहरहरुमा पनि फिल्मको अकुपेन्सी सुखद थियो ।

फिल्मले दुई दिन बुलन्द व्यापार गर्नुमा दुईवटा कारण महत्त्वपूर्ण मान्न सकिन्छ । पहिलो, ‘बुझिनँ मैले’ गीतको प्रभाव । यतिबेला यो गीत सर्वाधिक चर्चित छ । युट्युबमा एक करोड हाराहारी भ्यूज मिलेको छ । गीतले नै दर्शकको ठूलो जमातलाई हलमा तानेकोमा दुईमत छैन । दोस्रो, विषयवस्तु । फिल्मले बोक्सी कुप्रथाको कथा भनेको छ । महिला दर्शकले यसलाई आत्मसात् गरेको देखिन्छ ।

यो फिल्मको असली परीक्षा भने आइतबारबाट सुरु भएको छ । किनकि, अब ‘वर्ड अफ माउथ’ले फिल्मको भविष्य निर्धारण गर्छ । तर, आइतबार बिहानी शोजको अकुपेन्सी २० प्रतिशत देखिएको छ । यो सुखद हो । दिउँसोबाट अकुपेन्सी बढ्न सक्छ । नेपालमा फिल्मको जबर्जस्त व्यापारपछि विदेशमा समेत माग बढेको छ । शनिबार फिल्मको यूरोप र अष्ट्रेलिया राइट्स बिक्री गरिएको छ ।

शुक्रबार र शनिबार दिनभर नै प्रतिक्रिया बुझ्न हल-हलमा पुगेकी अभिनेत्री केकी अधिकारी फिल्मलाई दर्शकले दिएको साथ देख्दा सपनाझैँ लागिरहेको बताउँछिन् । उनी भन्छिन्, ‘माटोको स्वाद दिन सकियो भने दर्शकले साथ दिनुहुन्छ भन्ने पहिला पनि उदाहरण छ । त्यो हिसाबले हामीलाई पनि विश्वास थियो । तर, सोचेको भन्दा पनि धेरै राम्रो हुँदा यो साँचिक्कै भइरहेको छ भन्ने लागेको छ ।’

स्राेत : Samachar Khudkilo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्य समाचारहरू
rajendra-kumar-rai
कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की
Screen-Shot-2023-02-11-at-17.21.42
आइतबार देशभरका स्वास्थ्य सेवा बन्द रहने : नेपाल चिकित्सक सङ्घ
sunil_sharma
शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण सांसद शर्मासहित पाँच जना पक्राउ
Madira
डोटीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जना नियन्त्रणमा, भरूवा बन्दुक समेत बरामद
kavya-kailash-660x330-1
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना
dharanwater
धरानमा खोलाबाट वितरित पानीमा ‘कोलिफर्म’

पढ्न छुटाउनु भयाे कि ?

187074853collage-14
मार्मा गाउँपालिकाका दुर्गम गाउँ–टोलमा स्वास्थ्यकर्मी, घरदैलोमै दिदैछन् स्वास्थ्य सेवा
1840110948tr
शुक्लाफाँटामा डेंगु रोग सम्बन्धी पैरवी कार्यक्रम
Miss-world
‘मिसेस वर्ल्ड’मा जर्मनकी जुलियालाई शीर्ष उपाधि, नेपालले जित्यो ह्युमनिटेरियन अवार्ड
Sanjita-Timsina
हामी किन यति असंवेदनशील ?
sandesh
शहीदको सन्देश सहयात्रीलाई