धरानमा खोलाबाट वितरित पानीमा ‘कोलिफर्म’

विराटनगर । धरान उपमहानगरपालिकामा खोलाबाट पाइप लगाएर सिधै ट्यांकीमा खन्याएको पानीमा मानव वा अन्य जीवजनावरको दिसामा पाइने ‘कोलिफर्म’ भेटिएको छ । धरानमा खानेपानी बोर्ड अन्तर्गत विभिन्न खोलाबाट संकलन गरी पानी वितरण भइरहेकोमा ती स्रोतका पानीको नमूना संकलन गरी परीक्षणगर्दा कोलिफर्मको मात्रा ३५ प्रतिशतसम्म भेटिएको जनाइएको छ । धरानका विभिन्न सात वटा स्थानमा रहेका पानीको स्रोतबाटै नमूना संकलन गरी परीक्षण गर्दा झाडापखाला र हैला फैलाउन सक्ने कोलिफर्म भेटिएको पुष्टि भएको हो ।संकलित नमूनालाई खानेपानी मन्त्रालय अन्तरगतको खानेपानी गुणस्तर परीक्षण प्रयोशाला इटहरीमा परीक्षण गरिएको थियो ।संकलित सवै नमूनामा कोलिफर्म पुष्टि भएपछि त्यसको जानकारीसहित परीक्षणको प्रतिवेदन नै बिहीबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई बुझाइएको छ । धरानमा वितरित पानी पिउन योग्य नरहेको भन्दै मेयर साम्पाङलाई ध्यानाकर्षण गराइएको राष्ट्रिय स्वतन्त्र पार्टी धरान उपमहानगर समितिका सचिव समेत रहेका तथा पानी परीक्षणमा अगुवाई गरेका स्थानीय सुमन श्रेष्ठले बताए । परीक्षण गर्दा विशेषगरी खोलाको स्रोतबाट आउने पानीमा कोलिफर्म भेटिएको उनले जानकारी दिए ।

विज्ञापन

स्राेत : Samachar Khudkilo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्य समाचारहरू
rajendra-kumar-rai
कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की
Screen-Shot-2023-02-11-at-17.21.42
आइतबार देशभरका स्वास्थ्य सेवा बन्द रहने : नेपाल चिकित्सक सङ्घ
sunil_sharma
शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण सांसद शर्मासहित पाँच जना पक्राउ
Madira
डोटीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जना नियन्त्रणमा, भरूवा बन्दुक समेत बरामद
kavya-kailash-660x330-1
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना
अस्ट्रेलियामा माछा मार्ने क्रममा दुई नेपाली युवकको डुबेर मृत्यु.
अस्ट्रेलियामा माछा मार्ने क्रममा दुई नेपाली युवकको डुबेर मृत्यु

पढ्न छुटाउनु भयाे कि ?

187074853collage-14
मार्मा गाउँपालिकाका दुर्गम गाउँ–टोलमा स्वास्थ्यकर्मी, घरदैलोमै दिदैछन् स्वास्थ्य सेवा
1840110948tr
शुक्लाफाँटामा डेंगु रोग सम्बन्धी पैरवी कार्यक्रम
Miss-world
‘मिसेस वर्ल्ड’मा जर्मनकी जुलियालाई शीर्ष उपाधि, नेपालले जित्यो ह्युमनिटेरियन अवार्ड
Sanjita-Timsina
हामी किन यति असंवेदनशील ?
sandesh
शहीदको सन्देश सहयात्रीलाई