जीवनशैली

जीवनशैली

कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की

विराटनगर—कोशी प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री राजेन्द्र कार्की पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीसहित अन्य मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । माओवादी केन्द्रबाट उनी स्वास्थ्य मन्त्री भएका हुन् । संखुवासभा घर भएका कार्की यसअघि केदार कार्की नेतृत्वको सरकार रहँदा सामाजिक विकास मन्त्री रहेका थिए । शुक्रबारै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका थिए ।

आइतबार देशभरका स्वास्थ्य सेवा बन्द रहने : नेपाल चिकित्सक सङ्घ

काठमाडौं। नेपाल चिकित्सक सङ्घले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठ्ठीजार्चको बिरोध गर्दै आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ।  आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, मेडिकल कलेज, प्रतिष्ठानलगायतका स्वास्थ्य संस्था अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय चिकित्सक सङ्घले जनाएको छ।

शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण सांसद शर्मासहित पाँच जना पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा अहिलेसम्म सांसद सुनिलकुमार शर्मासहित पाँच जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सांसद शर्मासहित पाँच जना पक्राउ परेको जानकारी दिइन्। उनका अनुसार पक्राउ पर्नेमा डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरी छन्। उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ।

डोटीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जना नियन्त्रणमा, भरूवा बन्दुक समेत बरामद

डोटी: डोटी प्रहरीले मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जनालाई पक्राउ गरेको छ। दिपायल सिलगढी नगरपालिका–६ अस्पताल मोडबाट डम्मर बोहराको होटलमा बसेर होहल्ला गरिरहेका ४ जनालाई बुधवार राति नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक( एसपी) शारदाप्रसाद चौधरीले बताए।

धरानमा खोलाबाट वितरित पानीमा ‘कोलिफर्म’

विराटनगर । धरान उपमहानगरपालिकामा खोलाबाट पाइप लगाएर सिधै ट्यांकीमा खन्याएको पानीमा मानव वा अन्य जीवजनावरको दिसामा पाइने ‘कोलिफर्म’ भेटिएको छ । धरानमा खानेपानी बोर्ड अन्तर्गत विभिन्न खोलाबाट संकलन गरी पानी वितरण भइरहेकोमा ती स्रोतका पानीको नमूना संकलन गरी परीक्षणगर्दा कोलिफर्मको मात्रा ३५ प्रतिशतसम्म भेटिएको जनाइएको छ ।

आँखा पाक्ने रोग: कसरी जोगिने यसको सङ्क्रमणबाट?

“हामीकहाँ प्राय बालबालिका तथा अधबैँसे बिरामीहरू आएका छन्। तर यो समस्या निश्चित उमेर समूहकालाई हुन्छ भन्ने होइन। यो प्रकोपको रूपमा फैलनुअघि नियन्त्रणको पाटोमा ध्यान दिनु अत्यावश्यक छ,” डा. ठाकुरले भने। समस्याका कारण विभिन्न स्थानीय तहका विद्यालयहरूमा पठनपाठन ठप्प भएका छन् भने कतिपय स्थानमा अस्पतालको चाप थामिनसक्नु भएको जानकारहरू बताउँछन्।

देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरले निःशुल्क स्वास्थ्य सेवा दिने : बालेन्द्र शाह (बालेन)

काठमाडौं महानगरपालिकाले देशभरबाट आउने गरिब तथा अशक्त बिरामीको निःशुल्क उपचारको व्यवस्था गरेको छ ।महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत नेपालका जुनसुकै स्थानीय तहको भए पनि अशक्त र गरिब नागरिकको उपचार निःशुल्क गर्ने बताएका छ l

उदयपुर कृषि सहकारी संस्थाको आयोजनामा युवा तथा साना ब्यवसायी स्वरोजगार कोष सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

युवामा लगानी , समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाइ आत्मसात गर्दै युवाहरुलाइ स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्वेश्य अनुरुप उदयपुर कृषि सहकारी संस्थामा युबा तथा साना ब्यबसायी स्वरोजगार कोष सम्बन्धि जानकारी तथा कोष सम्वन्धि चेतना अभिबृदि गर्न उदयपुर कृषि सहकारी संस्थाका अध्यक्ष नारायण बहादुर दाहालको कार्यलयमा सम्पन्न भएको छ l
rajendra-kumar-rai
कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की
Screen-Shot-2023-02-11-at-17.21.42
आइतबार देशभरका स्वास्थ्य सेवा बन्द रहने : नेपाल चिकित्सक सङ्घ
sunil_sharma
शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण सांसद शर्मासहित पाँच जना पक्राउ
Madira
डोटीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जना नियन्त्रणमा, भरूवा बन्दुक समेत बरामद
dharanwater
धरानमा खोलाबाट वितरित पानीमा ‘कोलिफर्म’
f1d4a3d0-3504-11ee-ba5f-c5f3421875fc
आँखा पाक्ने रोग: कसरी जोगिने यसको सङ्क्रमणबाट?
balen-kmc-health
देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरले निःशुल्क स्वास्थ्य सेवा दिने : बालेन्द्र शाह (बालेन)
keshab-1
उदयपुर कृषि सहकारी संस्थाको आयोजनामा युवा तथा साना ब्यवसायी स्वरोजगार कोष सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न