काठमाडौं। नेपाल चिकित्सक सङ्घले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठ्ठीजार्चको बिरोध गर्दै आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ। आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, मेडिकल कलेज, प्रतिष्ठानलगायतका स्वास्थ्य संस्था अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय चिकित्सक सङ्घले जनाएको छ।