शुक्लाफाँटामा डेंगु रोग सम्बन्धी पैरवी कार्यक्रम

झलारी । शुक्लाफाँटा नगरपालिकामा लार्भा खोज्ने र नष्ट गर्ने अभियानको लागि पैरवी कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजना एवं शुक्लाफाँटा नगरपालिकाको समन्वयमा वडा नम्बर ११ दीपनगरमा शुक्रवार डेंगु रोग सम्बन्धी पैरवी कार्यक्रम सम्पन्न भएको हो ।

विज्ञापन

 

डेंगु रोग नियन्त्रणका लागि पूर्वतयारी स्वरुप सरोकारवालाहरुका लागि डेंगु नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रमको सञ्चालन गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका मलेरिया इन्स्पेक्टर निरीक्षक सिद्धराज भट्टले बताए ।वडा नम्बर ११ का वडाध्यक्ष शेर बहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रण बहादुर महरा रहेका थिए भने विशिष्ट अतिथि नगर उपप्रमुख कल्पना जोशी (पन्त) रहेकी थिइन् ।

कार्यक्रममा जनप्रतिनिधि संगै स्वास्थ्य शाखा प्रमुख प्रमानन्द भट्ट,राजनीतिक दलका प्रतिनिधि,शिक्षक,स्वयंसेविका,सामाजिक अगुवा लगायत सहभागि थिए ।कार्यक्रममा सहभागिहरुलाई मलेरिया इन्स्पेक्टर निरीक्षक भट्टले डेंगु रोगको परिचयसंगै नियन्त्रण,उपचार र व्यवस्थापनका बारेमा जानकारी दिएका थिए ।

 

कार्यक्रममा बोल्दै नगर प्रमुख रण बहादुर महराले डेंगु रोग लाग्न नदिने गरी सबै एकबद्ध भएर नियन्त्रणका लागि लाग्नुपर्ने बताए । उनले डेंगु रोग सार्ने लामखुट्टेको लार्भा खोजी नष्ट गरेर डेंगु रोगबाट बच्नुपर्ने बताए ।

 

“रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उत्तम हुन्छ,त्यसैले डेंगु रोगबाट बच्नका लागि सबैले आआफ्नो ठाउँबाट नियन्त्रणका लागि लागौँ,नगरपालिका लागि परेको छ”, नगर प्रमुख महराले भने,“डेंगु नियन्त्रणका लागि पानी जम्ने ठाउँ पुर्ने,टायर,पानीका बोतल, गमला, फूलदानी लगायत पानी जम्मा हुने ठाउँमा सरसफाई गरौँ ।” वर्खायाममा लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थान खोजी गरी लाखमुट्टेको लार्भा नष्ट गर्न सबै अभियानका साथ लाग्नुपर्ने बताए ।

 

नगर उपप्रमुख कल्पना जोशी(पन्त)ले डेंगु रोगको जोखिम कम गर्न र सावधानी अपनाउन सबैले समुदायस्तरमा सचेतना फैलाउनुपर्ने बताइन् ।“नगरपालिका वा स्वास्थ्य संस्था एक्लैले डेंगु रोगको नियन्त्रण गर्न सक्दैन,”नगर उपप्रमुख पन्तले भनिन्,“यसका लागि सबैको साथ आवश्यक हुन्छ ।”

 

उनले डेंगु रोग फैलिने ठाउँहरुमा पानी जम्न नदिने र डेंगु रोगको लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जानुपर्ने बताइन् । कार्यक्रमको समापन गर्दै वडाध्यक्ष शेर बहादुर साउँदले डेंगु रोगको नियन्त्रणका लागि सबै हातेमालो गर्दै लाग्न आवश्यक रहेको बताए । उनले डेंगु रोग फैलिने ठाउँहरुमा सधैँ सफा राख्नुपर्ने समेत बताए ।शुक्लाफाँटामा प्रत्येक वर्ष डेंगु रोगको नियन्त्रणका लागि लार्भा खोजी नष्ट गर्ने अभियान सञ्चालन हुँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्य समाचारहरू
rajendra-kumar-rai
कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की
Screen-Shot-2023-02-11-at-17.21.42
आइतबार देशभरका स्वास्थ्य सेवा बन्द रहने : नेपाल चिकित्सक सङ्घ
sunil_sharma
शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण सांसद शर्मासहित पाँच जना पक्राउ
Madira
डोटीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जना नियन्त्रणमा, भरूवा बन्दुक समेत बरामद
kavya-kailash-660x330-1
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना
dharanwater
धरानमा खोलाबाट वितरित पानीमा ‘कोलिफर्म’

पढ्न छुटाउनु भयाे कि ?

187074853collage-14
मार्मा गाउँपालिकाका दुर्गम गाउँ–टोलमा स्वास्थ्यकर्मी, घरदैलोमै दिदैछन् स्वास्थ्य सेवा
Miss-world
‘मिसेस वर्ल्ड’मा जर्मनकी जुलियालाई शीर्ष उपाधि, नेपालले जित्यो ह्युमनिटेरियन अवार्ड
Sanjita-Timsina
हामी किन यति असंवेदनशील ?
sandesh
शहीदको सन्देश सहयात्रीलाई
kailash
सेवानिवृत्त कर्मचारी र विदेशबाट फर्केका युवाबाट कसरी रोजगारी सिर्जना गर्ने ?