टी-२० विश्वकपको पहिलो खेलमा अमेरिकाको सानदार विजयी सुरुआत

आरोन जोन्सको विष्फोटक ब्याटिङमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो खेलमा क्यानडामाथि ७ विकेटको सानदार जित हात पारेको छ । विश्वकपको पहिलो खेलमा अमेरिकाले सानदार जितका साथ समूह ए मा विजयी सुरुवात गरेको छ । १९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

विज्ञापन

अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट आउट रहे । एन्ड्रिस गौस ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रनमा आउट भए । एक समय ६.३ ओभरमा ४२/२ को अवस्थामा पुगेको अमेरिकालाई सहज जित दिलाउन गौस र आरोन जोन्सले तेस्रो विकेटका लागि ५८ बलमा १३१ रनको सानदार शतकीय साझेदारी गरेका थिए । क्यानडाका कलिम साना, निखिल दत्त र डिलोन हेलिगरले १९१ विकेट लिए । त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।

क्यानडाका ओपनर नवनीत धालिवालले ४४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६१ रन बनाएपनि जित्नलाई पर्याप्त भएन । निकोलस किर्टोनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ तथा श्रेयस मोभ्भा १६ बलमा २ चौका र २ छक्कासहित ३२ रनको योगदान दिएका थिए । समूह ए मा क्यानडा, अमेरिका, आयरल्यान्ड, भारत र पाकिस्तान छन् । अव अमेरिकाले दोस्रो खेल ६ जुनमा पाकिस्तानसँग ग्राण्ड प्रेरीमा नै खेल्नेछ । क्यानडाले ७ जुनमा न्यूर्योकमा आयरल्यान्डसँग खेल्नेछ । समूह डी मा रहेको नेपालले मंगलबार नेदरल्यान्ड्ससँग ग्राण्ड प्रेरीमा खेल्दै सुरुवात गर्नेछ ।

स्राेत : Simrik Aawaj

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्य समाचारहरू
rajendra-kumar-rai
कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की
Screen-Shot-2023-02-11-at-17.21.42
आइतबार देशभरका स्वास्थ्य सेवा बन्द रहने : नेपाल चिकित्सक सङ्घ
sunil_sharma
शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण सांसद शर्मासहित पाँच जना पक्राउ
Madira
डोटीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जना नियन्त्रणमा, भरूवा बन्दुक समेत बरामद
kavya-kailash-660x330-1
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना
dharanwater
धरानमा खोलाबाट वितरित पानीमा ‘कोलिफर्म’

पढ्न छुटाउनु भयाे कि ?

187074853collage-14
मार्मा गाउँपालिकाका दुर्गम गाउँ–टोलमा स्वास्थ्यकर्मी, घरदैलोमै दिदैछन् स्वास्थ्य सेवा
1840110948tr
शुक्लाफाँटामा डेंगु रोग सम्बन्धी पैरवी कार्यक्रम
Miss-world
‘मिसेस वर्ल्ड’मा जर्मनकी जुलियालाई शीर्ष उपाधि, नेपालले जित्यो ह्युमनिटेरियन अवार्ड
Sanjita-Timsina
हामी किन यति असंवेदनशील ?
sandesh
शहीदको सन्देश सहयात्रीलाई