८ स्थानबाट निःशुल्क ई-सिम

काठमाडौं । नेपाल टेलिकमले इम्बेडेड सिम अर्थात (इ–सिम) आजदेखि निशुल्क वितरण सुरू गरेको छ । ई सिममा ग्राहकहरूको रुचि र माग बढेपछि टेलिकमले आज देखि नक्साल, चाबहिल, ठिमी, भक्तपुर, पाटन, गोङ्गबु र छाउनी कार्यालयबाट समेत इ–सिम वितरण गर्ने जनाएको छ । यसअघि टेलिकमले सुन्धारामा रहेको ग्राहक सेवा केन्द्रबाट मात्रै सिमकार्ड बिक्री गरिरहेको थियो । टेलिकमले आफूसँग यथेष्ट सङ्ख्यामा इ–सिमको मौज्दात रहेको पनि जनाएको छ । इ सिममा अहिले हामीले प्रयोग गरिरहेको जस्तो भौतीक सिमकार्ड हुदैन । मोबाइल सेटमा इ–सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ ।

विज्ञापन

क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र इ–सिम प्रयोग गर्न सकिन्छ । आफ्नो मोबाइल सेटमा इ–सिम चल्ने वा नचल्ने एकिन गरेर मात्र इ–सिमका लागि आवेदन दिन टेलिकमले आग्रह गरेको छ । ई सिम चल्ने या नचल्ने भनेर पत्ता लगाउन आफ्नो मोबाइलबाट ८३०६३ डायल गर्नुपर्ने टेलिकमले जनाएको छ । यसरी डायल गर्दा इआइडी लेखिएको सङ्केत सहित नम्बरहरू देखियो भने उक्त सेटमा इ–सिम चल्ने टेलिकमले जनाएको छ । भौतिक सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिम हालका लागि टेलिकमले निःशुल्क इ–सिममा परिवर्तन गर्ने सुविधा दिइरहेको छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै इ–सिम उपलब्ध गराइ रहेको र नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ।

स्राेत : Samaj Badi Sandesh

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्य समाचारहरू
rajendra-kumar-rai
कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की
Screen-Shot-2023-02-11-at-17.21.42
आइतबार देशभरका स्वास्थ्य सेवा बन्द रहने : नेपाल चिकित्सक सङ्घ
sunil_sharma
शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण सांसद शर्मासहित पाँच जना पक्राउ
Madira
डोटीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जना नियन्त्रणमा, भरूवा बन्दुक समेत बरामद
kavya-kailash-660x330-1
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना
dharanwater
धरानमा खोलाबाट वितरित पानीमा ‘कोलिफर्म’

पढ्न छुटाउनु भयाे कि ?

187074853collage-14
मार्मा गाउँपालिकाका दुर्गम गाउँ–टोलमा स्वास्थ्यकर्मी, घरदैलोमै दिदैछन् स्वास्थ्य सेवा
1840110948tr
शुक्लाफाँटामा डेंगु रोग सम्बन्धी पैरवी कार्यक्रम
Miss-world
‘मिसेस वर्ल्ड’मा जर्मनकी जुलियालाई शीर्ष उपाधि, नेपालले जित्यो ह्युमनिटेरियन अवार्ड
Sanjita-Timsina
हामी किन यति असंवेदनशील ?
sandesh
शहीदको सन्देश सहयात्रीलाई