कर्णालीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला

चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत फेला परेका छन् । कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही मृत फेला परेका हुन् । गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका शाहीको शव बिहीबार टिकापुर–२ संकटी घाटमा भेटिएको कैलालीका एसपी पदम विष्टले बताउनुभयो । शाहीको शव दुर्घटनास्थलबाट करिब १५ किलोमिटर तल भेटिएको एसपी विष्टले जानकारी दिनुभयो। घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो । उनको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सातजनाको गोताखोर टोली परिचालन गरिएको थियो ।
पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए । हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए । पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ । उक्त घटनाबारे अनुसन्धान गर्न पुलबाट हाम फाल्ने आठ जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो ।

विज्ञापन

स्रोत : Sudur Today

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्य समाचारहरू
rajendra-kumar-rai
कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की
Screen-Shot-2023-02-11-at-17.21.42
आइतबार देशभरका स्वास्थ्य सेवा बन्द रहने : नेपाल चिकित्सक सङ्घ
sunil_sharma
शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण सांसद शर्मासहित पाँच जना पक्राउ
Madira
डोटीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जना नियन्त्रणमा, भरूवा बन्दुक समेत बरामद
kavya-kailash-660x330-1
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना
dharanwater
धरानमा खोलाबाट वितरित पानीमा ‘कोलिफर्म’

पढ्न छुटाउनु भयाे कि ?

187074853collage-14
मार्मा गाउँपालिकाका दुर्गम गाउँ–टोलमा स्वास्थ्यकर्मी, घरदैलोमै दिदैछन् स्वास्थ्य सेवा
1840110948tr
शुक्लाफाँटामा डेंगु रोग सम्बन्धी पैरवी कार्यक्रम
Miss-world
‘मिसेस वर्ल्ड’मा जर्मनकी जुलियालाई शीर्ष उपाधि, नेपालले जित्यो ह्युमनिटेरियन अवार्ड
Sanjita-Timsina
हामी किन यति असंवेदनशील ?
sandesh
शहीदको सन्देश सहयात्रीलाई