कञ्चनपुरमा ३४ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ

कंचनपुर : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कञ्चनपुरले लामो समयदेखि ब्राउन सुगरको कारोबार गरिरहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका ३० वर्षीय भुवन साहुलाई पक्राउ गरेको छ ।

विज्ञापन

उनलाई ३४ ग्राम ब्रोउन सुगरसहित महेन्द्रनगरको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो । साहु लामो समयदेखि ब्राउन सुगरको कारोबार गरिरहेको प्रहरीलाई सूचना थियो । उनी यसअघि पनि लागुपदार्थ ओसारपसारमा कञ्चनपुर कारागार बसिसहेका व्यक्ति हुन् ।

प्रहरीले दिएको जानकारी अनुसार उनी बढीजसो काठमाडौंमा बस्ने गर्छन । एक/दुई महिनामा उनी महेन्द्रनगर आउँछन । महेन्द्रनगर आएका बेला उनले भारतबाट ब्राउन सुगर ल्याएर महेन्द्रनगरदेखि काठमाडौं सम्मका युवाहरूलाई बिक्री गर्छन् ।

उनको भारतको उधमसिह नगर जिल्लाको नानकमत्ताका ब्राउन सुगर कारोबारीसँग ‘कनेक्सन’ छ । सञ्जुबाबा नाम गरेका नानकमत्ताका कारोबारीबाट उनले बुधबार ३४ ग्राम खैरो हिरोइन किनेर ल्याएका हुन् ।

‘हामीलाई उनी महेन्द्रनगर आएको खबर आएको थियो । हाम्रो टीम उसको खोजीमा हिँड्यो । बुधबार उनी बनबासातिर गएका थिए । उसले बुधबार नै नानकमत्ता गएर ब्राउन सुगर ल्याएको रहेछ । हामीले महाकाली नदी किनारको भाइरल रोड क्षेत्रमा उसलाई ढुकिरहेका थियौं । ऊ आयो, हामीले उसको पिछा गर्‍यौं,बसपार्क आसपासमा एकपटक  त उ गायव भयो तर हामीले उसलाई पक्राउ गर्न सफल भयौं,’अप्रेशन कमाण्डर प्रहरी बरिष्ठ नायव निरीक्षक केशव जोशीले भने ।

उनका अनुसार  पछिल्लो समय भारतका सीमा सहरहरूमा ब्राउन सुगरका कारोबारी बढिरहेका छन् । बनबसा, खटिमा, नाकमत्ता, गौरीफन्टा, पलियाकला, बेलौरी पारीको सीमा क्षेत्रमा कारोबारीहरु बढिरहेका हुन् ।

भारतमा १५/१६ सय भारुको एक ग्राममा पाउने ब्राउन सुगर नेपालमा १० हजार ग्रामसम्म बिक्री हुने गरेको छ । १० मिलिग्रामको एक ‘डोज’ बनाउने र नेपाली युवाहरुबीच त्यो ‘डोज’ एक हजार नेपाली रुपैयाँमा विक्री हुने गरेको छ ।

पक्राउ परेका साहुको साथबाट नगद ८ हजार रूपैयाँ र मोबाइल समेत बरामद गरिएको छ । साहुलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोत : Sudur Today

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्य समाचारहरू
rajendra-kumar-rai
कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की
Screen-Shot-2023-02-11-at-17.21.42
आइतबार देशभरका स्वास्थ्य सेवा बन्द रहने : नेपाल चिकित्सक सङ्घ
sunil_sharma
शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण सांसद शर्मासहित पाँच जना पक्राउ
Madira
डोटीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जना नियन्त्रणमा, भरूवा बन्दुक समेत बरामद
kavya-kailash-660x330-1
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना
dharanwater
धरानमा खोलाबाट वितरित पानीमा ‘कोलिफर्म’

पढ्न छुटाउनु भयाे कि ?

187074853collage-14
मार्मा गाउँपालिकाका दुर्गम गाउँ–टोलमा स्वास्थ्यकर्मी, घरदैलोमै दिदैछन् स्वास्थ्य सेवा
1840110948tr
शुक्लाफाँटामा डेंगु रोग सम्बन्धी पैरवी कार्यक्रम
Miss-world
‘मिसेस वर्ल्ड’मा जर्मनकी जुलियालाई शीर्ष उपाधि, नेपालले जित्यो ह्युमनिटेरियन अवार्ड
Sanjita-Timsina
हामी किन यति असंवेदनशील ?
sandesh
शहीदको सन्देश सहयात्रीलाई