युनिग्लोबका उत्कृष्ट अधिकारी र अम्बुवाङ राईको संयुक्त योजनालाई प्रथम स्थान हासिल

काठमाडौँ । राजधानीको कमलादीस्थित युनिग्लोबल माध्यामिक विद्यालयले विद्यार्थीलाई उद्यमशीलतासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको थिंक ट्या‌ंक क्लबले कक्षा ११ र १२ का विद्यार्थीहरू बीच उद्यमशीलताको सीप विकास गर्ने उद्देश्यले यस्तो कार्यक्रम सम्पन्न गरिएको हो ।
‘माई ड्रिम पिच’ को पहिलो संस्करण फागुन ९ गते देखि १५ गते सम्म सञ्चालन गरेको थियो । कार्यक्रमले विद्यार्थीहरूलाई उनीहरूका आकांक्षाहरुलाई विचार हुँदै व्यापारमा परीणत गर्ने मञ्च प्रदान गर्ने कोशिस गरेको विद्यालयको भनाइ छ ।
साथै विद्यार्थीहरूमाझ रचनात्मक सोच र उद्यमशीलताको मानसिकता विकास गर्नका साथै आफ्ना नवीन विचारहरू व्यक्त गर्न र भविष्यको उद्यमीको रूपमा आफ्नो सम्भावनाको अन्वेषण गर्न सशक्त बनाउने उद्देश्य समेत राखेको जनाइएको छ ।

विज्ञापन

उद्यमशीलतामा रुची भएका करीब २०० जना विद्यार्थीलाई उनीहरुको व्यवसायिक विचारलाई परिष्कृत गर्न, आवश्यक सीपहरु प्रदान गर्न ओहो केकका कार्यकारी निर्देशक (सि.ई.ओ) युवा उद्यमी सन्तोष पाण्डेले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका थिए ।
२०० जना विद्यार्थीहरूको प्रारम्भिक समुहबाट नविनता, सम्भाव्यता र अनुकुलताका आधारमा ३५ वटा उत्कृष्ट योजनाहरुलाई थप मूल्याङ्कनका लागि पहिलो चरणमा छनोट गरिएको थियो । दोस्रो चरणमा ३५ वटा नविनतम योजनाहरु मध्येबाट अन्तिम प्रतियोगिका रुपमा १० वटा योजनाहरु छानिएको थियो । यी योजनाहरूलाई प्रख्यात युवा महिला उद्यमी जुना माथेमा, (ब्लिट्ज, सेवा सेक्युरिटीज, गोल्डेन रेसियो, एजे इन्भेष्टमेन्ट तथा कन्सल्टवनका, सह–संस्थापक) र उदीयमान उद्यमी सबिल खान, (अर्बन्सनेपालका संस्थापक÷सीईओ, केकेएफसीका फ्रान्चाइज मालिक, र ग्रीनविच इन्टरनेशनलका कार्यकारी निर्देशक) ले योजनाहरुको समीक्षा गरेका थिए ।
३ वटा छनोट चरण पन्छ्याउँदै, अन्तिम प्रतियोगीका रूपमा छनोट भएका १० उत्कृष्ट उद्यमी विचारहरूले फागुन १० गते माई ड्रिम पिचको अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए । अन्तिम प्रतियोगिता प्रतिस्पर्धात्मक देखियो, प्रत्येक सहभागीले आफ्ना रचनात्मकता र नवीन विचार मार्फत सम्मानित निर्णायकहरूलाई प्रभाव पार्ने प्रयास गरेका थिए । अन्नतः निर्णायक मण्डलले नविनता, सम्भाव्यता र अनुकुलताका आधारमा विजेताहरूको घोषणा गरेका थिए ।
जसअनुसार प्रथम स्थान उत्कृष्ट अधिकारी र अम्बुवाङ राईको संयुक्त योजना “सफ्टिक्स” ले हात पार्यो । यस्तै दोस्रो स्थान सफल खड्गीको “मिट मि” योजनाले जित्यो भने तेस्रो स्थान निखिल ठाकुरको “बैदेही” योजनाले हात पार्यो । कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महतलगायतको समेत उपस्थिति थियो ।

स्रोत : Sudur Today

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्य समाचारहरू
rajendra-kumar-rai
कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की
Screen-Shot-2023-02-11-at-17.21.42
आइतबार देशभरका स्वास्थ्य सेवा बन्द रहने : नेपाल चिकित्सक सङ्घ
sunil_sharma
शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण सांसद शर्मासहित पाँच जना पक्राउ
Madira
डोटीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जना नियन्त्रणमा, भरूवा बन्दुक समेत बरामद
kavya-kailash-660x330-1
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना
dharanwater
धरानमा खोलाबाट वितरित पानीमा ‘कोलिफर्म’

पढ्न छुटाउनु भयाे कि ?

187074853collage-14
मार्मा गाउँपालिकाका दुर्गम गाउँ–टोलमा स्वास्थ्यकर्मी, घरदैलोमै दिदैछन् स्वास्थ्य सेवा
1840110948tr
शुक्लाफाँटामा डेंगु रोग सम्बन्धी पैरवी कार्यक्रम
Miss-world
‘मिसेस वर्ल्ड’मा जर्मनकी जुलियालाई शीर्ष उपाधि, नेपालले जित्यो ह्युमनिटेरियन अवार्ड
Sanjita-Timsina
हामी किन यति असंवेदनशील ?
sandesh
शहीदको सन्देश सहयात्रीलाई