रश्मिकाले टुंग्याइन् ‘पुष्पा २’ को छायांकन, भन्छिन्- उत्तर-दक्षिण एक हुनुपर्ने बेला आयो

काठमाडौं । भारतीय अभिनेत्री रश्मिका मन्दानाले आफ्नो २२ औं फिल्मको रुपमा यसैसाता ‘पुष्पा २’ को छायांकन सकाएकी छन् । डिसेम्बर २०२३ मा रिलिज भएको ‘एनिमल’पछि सफलताको यात्रा गरिरहेकी उनी पछिल्लो समय भारतकी व्यस्त अभिनेत्री हुन् ।

विज्ञापन

‘अन्ततः मैले मेरो २२  फिल्म सकेकी छु । मलाई यहाँसम्म आइपुग्न २२ फिल्म लाग्यो । मेरा लागि यो कठिन काम थियो र यात्रा पनि । आज मैले मानिसलाई मेरो कथा लेख्न, ठूला फिल्म र राम्रा कथामा मलाई विश्वास गर्न सुविधा दिएकी छु,’ उनले भनिन् ।

२७ वर्षीया अभिनेत्री भन्छिन्, ‘मलाई लाग्छ कि यो मेरो यात्रालाई लिएर म पूर्णरुपमा धन्य छु । एकदमै विश्वस्त र एक किसिमको राहत महसुस गरेकी छु ।’ ‘पुष्पा २’ भारतको स्वतन्त्रता दिवसको अवसरमा अगस्ट १५ मा रिलिज हुने तयारीमा छ ।

‘सबै कुरा राम्रो हुँदैछ । हामीले फिल्डमा झण्डै ५० दिन बिताएका छौं र अझै धेरै गर्न बाँकी छ । मेरा दर्शकलाई यो काम पहिलेभन्दा अहिलेसम्मकै ठूलो हुन गइरहेको प्रतिबद्धता जनाउन चाहन्छु,’ रश्मिका भन्छिन्, ‘धेरै काम गरिएको छ । धेरै ध्यान दिइएको छ । प्रत्येक पात्रमा केन्द्रित भएर काम गरेका छौं । यो निकै रोचक हुनेवाला छ ।’

करिअर र फिल्मको कुरा गर्दा रश्मिकाले बलिउड र साउथ इण्डिया दुवैतिर आफूलाई स्थापित गरेकी छन् । दुई फरक फिल्म उद्योगमा काम गरेको प्रसंग निकाल्दै उनले यसमा ‘पान इण्डिया’ तत्व प्रमुख कारण रहेको बताइन् ।

‘मलाई लाग्छ कि अब हामीले यो उद्योगलाई भारतीय फिल्म उद्योग भनेर बोलाउन थाल्ने बेला आएको छ । किनभने हामी सबैजना मनोरञ्जन उद्योगमा छौं । हामी सबै एक देशका हौं । हामीले हाम्रो देशका सबै उद्योग उस्तै छन् भनेर स्वीकार्ने बेला हो यो,’ उनी भन्छिन्, ‘हामी यहाँ सुन्दर फिल्म बनाउन र राम्रा कथा भन्न आएका छौं । कठिनाइ पार गर्‍यौं । मानिस जहाँका भएपनि उनीहरु विभिन्न उद्योग र विभिन्न भाषामा सँगै काम गरिरहेका छन् । परिवर्तनको हिस्सा भएकोमा म साँच्चै खुसी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्य समाचारहरू
rajendra-kumar-rai
कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की
Screen-Shot-2023-02-11-at-17.21.42
आइतबार देशभरका स्वास्थ्य सेवा बन्द रहने : नेपाल चिकित्सक सङ्घ
sunil_sharma
शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण सांसद शर्मासहित पाँच जना पक्राउ
Madira
डोटीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जना नियन्त्रणमा, भरूवा बन्दुक समेत बरामद
kavya-kailash-660x330-1
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना
dharanwater
धरानमा खोलाबाट वितरित पानीमा ‘कोलिफर्म’

पढ्न छुटाउनु भयाे कि ?

187074853collage-14
मार्मा गाउँपालिकाका दुर्गम गाउँ–टोलमा स्वास्थ्यकर्मी, घरदैलोमै दिदैछन् स्वास्थ्य सेवा
1840110948tr
शुक्लाफाँटामा डेंगु रोग सम्बन्धी पैरवी कार्यक्रम
Miss-world
‘मिसेस वर्ल्ड’मा जर्मनकी जुलियालाई शीर्ष उपाधि, नेपालले जित्यो ह्युमनिटेरियन अवार्ड
Sanjita-Timsina
हामी किन यति असंवेदनशील ?
sandesh
शहीदको सन्देश सहयात्रीलाई