‘रङ्गेली’को प्रिमियरका लागि रुकुमबाट काठमाडौँ आए दयाहाङ र मिरुना

काठमाडौंँ । धेरै कलाकार आफु काठमाडौँ बाहिर भए फिल्मको प्रिमियरमा कमै उपस्थित हुन्छन् ।  तर अभिनेता  दयाहाङ राई र अभिनेत्री मिरुना मगर भने फिल्म ‘रङ्गेली’को प्रिमियरका लागि रुकुमबाट आएका छन् । उनीहरू बुधबार साँझ राखिएको प्रिमियरका लागि मध्यान्न काठमाडौँ आएका हुन् ।

विज्ञापन

दयाहाङ र मिरुनाको फिल्म ‘घर ज्वाँई’को छायाङ्कन केही सातादेखि रुकुममा चलिरहेको छ । बीग मुभिजमा आयोजना भयो प्रिमियरमा सहभागी हुन फिल्मको छायाङ्कन रोकेर आएका हुन् । फिल्मको प्रिमियरका लागि यति लामो यात्रा ? रातोपाटीले दयाहाङलाई प्रश्न राखेको थियो । जवाफमा दयाहाङले आफ्नो फिल्मको प्रिमिएरमा कलाकारले जसरी पनि सहभागी हुनुपर्ने धारणा राखे ।
प्रिमियरका कलाकार सहभागी हुँदामा निर्माण युनिटमा हौसला मिल्ने उनले बताए । ‘प्रिमिएरका लागि भनेर हामी मंगलबार राती ११ बजे रुकुमबाट हिँडेका थियौँ । पोखराबाट भने प्लेनमा आयौँ,’ दयाहाङले भने ‘मिरुना २ दिनदेखि बिरामी छिन् । अनिदो अवस्थामा प्रिमियरमा आइपुगेका छौं ।’अभिनेत्री मिरुनाले आफ्नो फिल्म हलमा लाग्न लागेको भन्दै खुशी व्यक्त गरिन् । फिल्मले दर्शकको मन जित्ने उनको विश्वास रहेको छ । साँझ ४ः३० भनिएको प्रिमियर प्राविधिक कारणले बेलुकी ८ बजे मात्र सुरु हुन पुगेको थियो । फिल्मको अवधि ३ घण्टा भएको प्रिमियर मध्य रातमा मात्र सकियो । फिल्मको प्रिमियरमा सहभागी भएर दयाहाङ र मिरुना बिहीबार बिहानै रुकुमतर्फ लागेका छन् । फिल्म ‘घर ज्वाँई’को छायाङ्कनलाई निरन्तरता दिन उनीहरू त्यसतर्फ लागेका हुन् ।
फिल्म ‘रङ्गेली’मा दयाहाङ र मिरुनाको मुख्य भूमिका छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्ममा अर्पण थापा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको समेत अभिनय छ । फिल्मका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह–निर्माता, विवेक खड्का (योलो) एशोसियट निर्माता रहेका छन् ।

स्रोत : Sudur Today

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्य समाचारहरू
rajendra-kumar-rai
कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की
Screen-Shot-2023-02-11-at-17.21.42
आइतबार देशभरका स्वास्थ्य सेवा बन्द रहने : नेपाल चिकित्सक सङ्घ
sunil_sharma
शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण सांसद शर्मासहित पाँच जना पक्राउ
Madira
डोटीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जना नियन्त्रणमा, भरूवा बन्दुक समेत बरामद
kavya-kailash-660x330-1
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना
dharanwater
धरानमा खोलाबाट वितरित पानीमा ‘कोलिफर्म’

पढ्न छुटाउनु भयाे कि ?

187074853collage-14
मार्मा गाउँपालिकाका दुर्गम गाउँ–टोलमा स्वास्थ्यकर्मी, घरदैलोमै दिदैछन् स्वास्थ्य सेवा
1840110948tr
शुक्लाफाँटामा डेंगु रोग सम्बन्धी पैरवी कार्यक्रम
Miss-world
‘मिसेस वर्ल्ड’मा जर्मनकी जुलियालाई शीर्ष उपाधि, नेपालले जित्यो ह्युमनिटेरियन अवार्ड
Sanjita-Timsina
हामी किन यति असंवेदनशील ?
sandesh
शहीदको सन्देश सहयात्रीलाई