कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की

विराटनगर—कोशी प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री राजेन्द्र कार्की पद तथा गोपनियताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीसहित अन्य मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् । माओवादी केन्द्रबाट उनी स्वास्थ्य मन्त्री भएका हुन् । संखुवासभा घर भएका कार्की यसअघि केदार कार्की नेतृत्वको सरकार रहँदा सामाजिक विकास मन्त्री रहेका थिए । शुक्रबारै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका थिए ।

आइतबार देशभरका स्वास्थ्य सेवा बन्द रहने : नेपाल चिकित्सक सङ्घ

काठमाडौं। नेपाल चिकित्सक सङ्घले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले गरेको लाठ्ठीजार्चको बिरोध गर्दै आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ।  आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, मेडिकल कलेज, प्रतिष्ठानलगायतका स्वास्थ्य संस्था अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय चिकित्सक सङ्घले जनाएको छ।

शैक्षिक प्रमाणपत्र किर्ते प्रकरण सांसद शर्मासहित पाँच जना पक्राउ

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा अहिलेसम्म सांसद सुनिलकुमार शर्मासहित पाँच जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सांसद शर्मासहित पाँच जना पक्राउ परेको जानकारी दिइन्। उनका अनुसार पक्राउ पर्नेमा डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरी छन्।
उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ।

डोटीमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जना नियन्त्रणमा, भरूवा बन्दुक समेत बरामद

डोटी: डोटी प्रहरीले मादक पदार्थ सेवन गरी होहल्ला गर्ने ७ जनालाई पक्राउ गरेको छ। दिपायल सिलगढी नगरपालिका–६ अस्पताल मोडबाट डम्मर बोहराको होटलमा बसेर होहल्ला गरिरहेका ४ जनालाई बुधवार राति नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक( एसपी) शारदाप्रसाद चौधरीले बताए।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना

चार दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।

गत मंगलबार काठमाडौंमा पक्राउ गरी रातारात जनकपुर पुर्‍याइएका सिरोहिया दुई दिनदेखि अस्वस्थ थिए । शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि अस्पताल भर्ना भएका हुन् ।

धरानमा खोलाबाट वितरित पानीमा ‘कोलिफर्म’

विराटनगर । धरान उपमहानगरपालिकामा खोलाबाट पाइप लगाएर सिधै ट्यांकीमा खन्याएको पानीमा मानव वा अन्य जीवजनावरको दिसामा पाइने ‘कोलिफर्म’ भेटिएको छ । धरानमा खानेपानी बोर्ड अन्तर्गत विभिन्न खोलाबाट संकलन गरी पानी वितरण भइरहेकोमा ती स्रोतका पानीको नमूना संकलन गरी परीक्षणगर्दा कोलिफर्मको मात्रा ३५ प्रतिशतसम्म भेटिएको जनाइएको छ ।

आँखा पाक्ने रोग: कसरी जोगिने यसको सङ्क्रमणबाट?

“हामीकहाँ प्राय बालबालिका तथा अधबैँसे बिरामीहरू आएका छन्। तर यो समस्या निश्चित उमेर समूहकालाई हुन्छ भन्ने होइन। यो प्रकोपको रूपमा फैलनुअघि नियन्त्रणको पाटोमा ध्यान दिनु अत्यावश्यक छ,” डा. ठाकुरले भने।

समस्याका कारण विभिन्न स्थानीय तहका विद्यालयहरूमा पठनपाठन ठप्प भएका छन् भने कतिपय स्थानमा अस्पतालको चाप थामिनसक्नु भएको जानकारहरू बताउँछन्।

देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरले निःशुल्क स्वास्थ्य सेवा दिने : बालेन्द्र शाह (बालेन)

काठमाडौं महानगरपालिकाले देशभरबाट आउने गरिब तथा अशक्त बिरामीको निःशुल्क उपचारको व्यवस्था गरेको छ ।महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमार्फत नेपालका जुनसुकै स्थानीय तहको भए पनि अशक्त र गरिब नागरिकको उपचार निःशुल्क गर्ने बताएका छ l

उदयपुर कृषि सहकारी संस्थाको आयोजनामा युवा तथा साना ब्यवसायी स्वरोजगार कोष सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

युवामा लगानी , समृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाइ आत्मसात गर्दै युवाहरुलाइ स्वरोजगार तथा आत्मनिर्भर बनाउने उद्वेश्य अनुरुप उदयपुर कृषि सहकारी संस्थामा युबा तथा साना ब्यबसायी स्वरोजगार कोष सम्बन्धि जानकारी तथा कोष सम्वन्धि चेतना अभिबृदि गर्न उदयपुर कृषि सहकारी संस्थाका अध्यक्ष नारायण बहादुर दाहालको कार्यलयमा सम्पन्न भएको छ l

नेपाल विद्युत् प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ पुगेको हो ।

गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् केन्द्रहरूको विद्युत् उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गरी जानकारी दिए ।

भक्तपुरमा एक वर्षमा एक लाख ६७ हजार पर्यटक आए

भक्तपुर- कोरोना भाइरस सङ्क्रमणका कारण करिब तीन वर्ष पर्यटनको आगमनमा सुस्ताउँदा सङ्कटमा परेको पर्यटन व्यवसायमा पर्यटकको आगमन बढेसँगै उत्साह थपिएको छ ।

भक्तपुर नगरपालिकामा मात्रै आर्थिक वर्ष २०७९/८० को एक वर्षमा एक लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकमा आगमन भएको छ । भ्रमणका लागि आएको विदेशी पर्यटकले भक्तपुर नगरपालिका क्षेत्रभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकन गरेका हुन् ।

कोरोना महामारी पछि यस वर्ष भक्तपुरमा विदेशी पर्यटक घुम्न आउनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । कोरोना महामारीका समयमा सामान्य रूपमा मात्र आउने पर्यटक यस वर्ष निकै बढेकाले अचेल भक्तपुर नगरमा दैनिक पर्यटकको चहलपहल बढ्दै गएको बताए ।

ब्रेक शुमा ल्याइएको सुनको परिमाण ६० किलो ७८९ ग्राम

काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन जोखेको छ। सुनको तौल ६० केजी ७८९ ग्राम रहेको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। तर सुन गालेर जोख्न बाँकी छ। मंगलबार साढे १० बजेदेखि जोख्न सुरू हुनेछ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रे‍क शुबाट सुन निकालिएको थियो।